Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद बैठकः बंगलादेशसँग मल किन्ने र पुस्तक आयातमा लगाएको कर हटाउने निर्णय


    सोमबार, कार्तिक २४ २०७७
    780
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले बंगलादेशबाट मल खरिद गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले बंगलादेशबाट गभर्मेन्ट टु गभर्मेन्ट(जीटूजी)मार्फत् रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । यसअघि नेकपा अध्यक्ष प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ कम्पनीले धान रोप्ने बेलामा पनि मल नल्याएपछि बंगलादेशसँग पैंचोमा ल्याउने प्रक्रिया अगाडि बढाएको थियो । तर पैचोमा मल नदिएपछि सरकारले जीटुजी मार्फत् खरिद गर्ने निर्णय गरेको छ ।

    सरकारले पुस्तक आयातमा लगाएको कर पनि हटाउने निर्णय गरेको छ । सरकारले विदेशबाट आयात हुने पुस्तकमा १० प्रतिशत कर लगाउने निर्णय गरेको थियो ।

    मन्त्रिपरिषद बैठकले मन्त्रीहरुको चैतसम्म पाउनेसुविधाको ५० प्रतिशत कोरोना उपचार तथा रोकथाम कोषमा जम्मा गर्ने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार