काठमाडौँ । प्रहरीले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको छ ।
चितवनको कठराका जीवन लोहनीको हत्या संलग्न भई फरार रहेका झापाका रामकुमार गिरीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।
काठमाडौँ रानीबारी बस्ने लोहनीको हत्या आरोपमा झापाको मेचीनगर नगरपालिका–७ आर्याबारीका ३३ वर्षीय गिरीलाई भक्तपुर चाँगुनारायण नगरपालिकाबाट सोमबार पक्राउ गरेको महाशाखाका प्रमुअ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले बताए ।
पवक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको र म्याद थपको लागि काठमाडौँ जिल्ला अदालतमा बुझाइएको महाशाखाले जनाएको छ ।