काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम आचार्यले हवाई माफियाहरुले नेपाली आकाश नै कब्जा गर्न खोजेको बताएका छन् ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता आचार्यले यस्तो बताएका हुन् । उनले सरकारले पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन रोकेर त्रिभुवन विमानस्थलको जिम्मा निजी क्षेत्रलाई दिन खोजेको आरोप लगाए।
उनले १५ फागुनमा मन्त्रिपरिषद बैठकले त्रिभुवन विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने नियतले अध्ययन समिति गठन गरेको बताए ।
सरकारी निर्णयमा पोखरा, भैरहवाको गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनबारे पनि अध्ययन गर्ने भनिए पनि सरकारको उद्देश्य ती दुबै विमानस्थल नचलाउने र त्रिभुवन विमानस्थल निजी क्षेत्रलाई दिने रहेको नेता आचार्यको आरोप छ ।
नेता आचार्यले भने,‘दुईवटै विमानस्थल सञ्चालन रोकेर,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राइभेटलाई दिने नियत देखिन्छ । टीआईए पहिलेदेखि प्राइभेटले लिन हवाइ माफियाहरुले पहल गरिरहेका थिए ।’
त्रिभुवन विमानस्थलले वर्षमा साढे १२ अर्ब रुपैयाँ आम्दानी गर्ने र डेढ अर्ब मात्र खर्च हुने गरेको भन्दै पूर्वपर्यटनमन्त्रीसमेत रहेका आचार्यले ११ अर्ब रुपैयाँ निजी कम्पनीलाई दिन खोजेको आरोप लगाए ।
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्य दान गरेका छन् । आइतबार राष्ट्रपति पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी...
काठमाडौं । नेकपा एमालेले राष्ट्रिय कार्यकर्ता भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी ५ मंसिरमा चौथो केन्द्रीय कमिटी बैठक बोलाइएको प्रचार विभाग प्रमुख...
काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रवक्ता एवं सांसद जगदीश खरेलले प्रधानमन्त्री बालेन साहका प्रमुख सल्लाहकार कुमार बेनसँग जोडिएको पछिल्लो विवादमा प्रधानमन्त्रीले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसङ्गतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend