Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • वडा कार्यालयभित्र एक युवती झुण्डिएको अवस्थामा मृत फेला


    आइतबार, फाल्गुन १३ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ को वडा कार्यालयभित्रै एक युवती मृत फेला परेकी छन् । आज (आइतबार) बिहान वडा कार्यालयको सभाहलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

    उनी श्रीमानसहित वडा कार्यालयले उपलब्ध गराएको आवासमा बस्दै आएकी थिइन् । उनका श्रीमान सोही नगरपालिकामा नगर प्रहरीमा कार्यरत छन् । केही महिनाअघि मात्रै उनी विहे गरेर भीमदत्त नगरपालिका आएकी थिइन् ।

    उक्त घटनाबारे दार्चुलामा रहेका माइती पक्षलाई खबर गरिएको छ । माइती पक्ष पुगेपछि शव पोस्टमार्टमका लागि लगिने प्रहरीले जनाएको छ । प्रहरीले अहिले वडा कार्यालयको सीसीटीभी फुटेज जाँच गर्नुका साथै मृतकका श्रीमानसँग सोधपुछ गरिरहेको छ ।

    उनीहरुले केही महिनाअघि मात्र प्रेम विवाह गरेका थिए । बिहान ४ बजेतिर मर्निङ्गवाकमा जानेले झुण्डिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार