Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तनहुँमा चितुवा आतंक, स्थानीय त्रसित


    सोमबार, कार्तिक २४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–६ डाँडाछापमा चितुवाको आतंकले स्थानीय त्रसित भएका छन्। 

    चितुवाले घरछेउमै आएर गोठमा बाँधिराखेको खसीबोकालाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन्। शनिबार राति स्थानीय गणेशबहादुर गुरुङको खोरमा चितुवाले पाँच वटा खसीबोकालाई आक्रमण गरेको छ। स्थानीय सुरेन्द्र गुरुङका अनुसार चितुवाको आक्रमणबाट पाँच वटा खसीबोका मरेको छ। ‘घरमै आएर चितुवाले आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएका छन्,’ उनले भने।

    वडाध्यक्ष सन्तबहादुर गुरुङले बन्दीपुरमा चितुवाको आतंक रहेकाले स्थानीय त्रसित रहेको जानकारी दिए। ‘शनिबार रातिको घटना विवरण चाँही मसँग आइपुगेको छैन,’ उनले भने, ‘चितुवाको आतंक भनेछ।’ उनका अनुसार केही समय अगाडि भने स्थानीयले पालेका खसीबोकालाई चितुवाले आक्रमण गरी मारेको थियो। 

    जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतंक छ। भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिका समेत ज्यान गुमाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार