Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमणका कारण कैलालीमा दुई वृद्धको मृत्यु


    सोमबार, कार्तिक २४ २०७७
    670
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणको कारण कैलालीमा दुई जनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका–१ का ९० वर्षीय पुरुष र धनगढी उपमहानगरपालिका २ का ८४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।

    टीकापुरका ९० वर्षीय पुरुषको होम आइसोलेसनमै मृत्यु भएको हो। उनमा कात्तिक २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

    धनगढीका ८४ वर्षीय पुरुषको भने सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। निमोनियाको समस्या देखिएको उनलाई शुक्रबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार