Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हितेन्द्रदेव शाक्यले पाए विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी


    सोमबार, कार्तिक २४ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्र शाक्यलाई दिइएको छ । उर्जा मन्त्रालयले अर्को व्यवस्था नहुन्जेलका लागि निमित्त प्रमुखको रुपमा शाक्यलाई नियुक्त गरेको हो ।

    यसअघि उनलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिनका लागि उनलाई काज फिर्ता गरिएको थियो । उनी एनईए इन्जिनियरिङ कम्पनीबाट फिर्ता ल्याएका हुन् ।

    शाक्य अघि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको थियो । 

    प्राधिकरणबाट निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकको पदमा दाबेदारी रहेको बताएका थिए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार