Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेता मीन विश्‍वकर्माको स्वास्थ्य सुधारोन्मुख, भेन्टिलेटरबाट आईसीयूमा सारियो


    सोमबार, कार्तिक २४ २०७७
    680
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणका कारण अवस्था गम्भीर भइ भेन्टिलेटरमा राखिएका नेपाली कांग्रेसका नेता मीन विश्‍वकर्माको स्वास्थ्य अवस्था सुधार भएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई ७२ घण्टाको लागि भेन्टिलेटरबाट निकालिएको हो । 

    भेन्टिलेटरमा उनलाई कृत्रिम श्वासप्रश्वास दिइएको थियो । अब आईसीयूमा उनलाई श्वासप्रश्वासमा समस्या नभए भेन्टिलेटरमा राख्नु नपर्ने बताइएको छ । यसअघि कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि विश्वकर्मा आफ्नै निवासमा आइसोलेसनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि संसद सचिवालयका चिकित्सकले कात्तिक ८ गते अक्सिजन लिएर बस्न सल्लाह दिएका थिए ।

    अहिले उनी कोरोना संक्रमण मुक्त भैसकेका छन् । तर फोक्सोमा समस्या आएकाले अझै उपचार जारी रहेको छ । ग्राण्डी अस्पतालमा उपचाररत उनको एक साता अघि होस खुलेको र अहिले अलिअलि बोल्न सकेको बताइन्छ। 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार