Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • मनाङमा घर भत्किँदा एक जनाको मृत्यु, ७ जनाको उद्धार


    शनिबार, फाल्गुन १२ २०८०
    820
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ जना कामदारमध्ये सात जनाको सकुशल उद्धार गरिएको छ भने एक जनालाई सामान्य चोट लागेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो ।

    माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो ।
    मृतक घलेको शव पोष्टमार्टमका लागि चामे पठाइएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार