Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीसँग यी नेताको बिचित्रको मित्रता


    सोमबार, कार्तिक २४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • शालिकराम जम्कट्टेल र इन्द्र बानियाँ

    हेटौंडा । दस बर्षे जनयुद्धताका बागमती प्रदेशका आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेलको नाम सुन्दा पनि उद्योगपति ब्यापारीहरु थर्कमान हुन्थे । तत्कालीन विद्रोही शक्ति माओवादी शान्ति प्रक्रियामा आएपछि पनि उनको नाम सुनेर सबै डराउँथे । २०६४ को संविधानसभा निर्वाचनमा जम्कट्टेलले बुथकब्जा गरी भारीमतले चुनाव जिते । तर २०७० को संविधानसभा निर्वाचनमा उनको हाउगुजी समाप्त भयो, उनी पराजीत भए । २०७४ मा वाम गठबन्धनका साझा उम्मेदवारका रुपमा उनले प्रदेशसभामा चुनाव जिते ।

    नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई बागमती प्रदेशमा आन्तरिक मामिला मन्त्री बनाइदिए । जम्कट्टेलले त्यतिबेला पक्राउ परेपछि धेरै सूचना राज्यपक्षलाई उपलब्ध गराएकाले उनलाई कारबाही गर्नुपर्ने आवाज पार्टीमा उठे पनि प्रचण्डले उनलाई अभयदान दिएका थिए ।  

     माओवादीले १० बर्षे जनयुद्धमा धेरै कांग्रेस नेता कार्यकर्ताको ‘सफाया’ गरे । तर आन्तरिक मामिला मन्त्री जम्कट्टेल र बागमती प्रदेशका प्रमुख प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँको गठजोड भने बुझिनसक्नु छ । बानियाँ र जम्कट्टेलबीच जनयुद्धकालदेखि र अहिले पनि घनिष्ठ सम्बन्ध रहिआएको छ ।  

     कांग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री बानियाँले भने कहिल्यै पनि कारबाही भोग्नुपरेन । शालिकराम जम्कट्टेलसँग उनको जनयुद्धकालदेखि नै सम्बन्ध रहिआएको र अहिले पनि कसिलो गठजोड रहेको माओवादी कित्तामा चर्चाको बिषय बनेको छ । हेर्दा जम्कट्टेल र बानियाँ फरक फरक पार्टीका हुन् । तर उनीहरुबीच एउटै पार्टीका नेताको भन्दा राम्रो सम्बन्ध छ । उनीहरुबीच ब्यापारिक साझेदारी रहेको स्रोत बताउँछ ।

    जनयुद्धकालको अन्त्यसम्म पनि इन्द्र बानियाँको आर्थिक हैसियत र अहिलेको समृद्धि देखेका मकवानपुरको हर्नामाडीबासीहरु नै चकित छन् । जनयुद्धकालमा जम्कट्टेलले उनलाई ज्यान जोगाउनेमात्रै होइन, धनसमेत लगानी गरेकै कारण पनि उनको आर्थिक हैसियत छोटो समयमा अपत्यारिलो ढंगले चुलिएको माओवादी बृत्तमा चर्चा हुने गरेको छ ।

    बानियाँका दाजुभाइको हैसियत अहिले पनि सामान्य नै छ । तर उनको आर्थिक सम्पन्नता करोड होइन, अरबौंको छ । त्यसो त बानियाँले युद्धकालमा जम्कट्टेलले नै आफूलाई सेभ गरेको र आफूहरुको सम्बन्ध नङ र मासुको जस्तै रहेको कुरा निर्धक्क बताउने गर्दछन् । आजको साँघु साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार