Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपराष्ट्रपति र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता


    शनिबार, फाल्गुन १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ। आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो।

    भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानूनलगायत समसामयिक विषयमा छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    उपराष्ट्रपतिले अध्यक्ष तिमिल्सिनाद्वारा आफ्नो कार्यकालमा निर्वाह गरेको महत्वपूर्ण भूमिकाका लागि धन्यवाद दिएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार