Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जाजरोकट भूकम्प पीडितलाई क्यानले२० लाख सहयोग गर्‍यो


    शनिबार, फाल्गुन १२ २०८०
    850
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। जाजरोकट भूकम्प पीडितका लागि नेपाल क्रिकेट संघ क्यानले आर्थिक सहयोग गरेको छ । गत कार्तिक १७ गते जाजरकोट केन्द्र विन्दू भएर गएको भूकम्पका लागि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा क्यानका तर्फबाट २० लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

    आज नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

    क्यानले जाजरकोट भूकम्प पीडितलाई आइसिसी टी२० विश्वकप २०२४ को एसिया छनोट अन्तर्गत नेपाल र ओमान बिच फाइनल खेलको टिकट विक्रीबाट प्राप्त ५० प्रतिशत रकम प्रदान गर्ने जनाएको थियो ।

    सोही प्रतिबद्धता अनुसार प्रधानमन्त्री निवास बालुवाटार पुगेर चेक हस्तान्तरण गरेको क्यानका अध्यक्ष चन्दले जानकारी दिए । चेक बुझेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्यानका पदाधिकारीलाई धन्यवाद दिँदै सबैको साथ र सहयोगले भूकम्प पीडितको गाउँमा मल्हम लगाउन सकिएको उल्लेख गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार