Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित


    शनिबार, फाल्गुन १२ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • कैलाली । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना निर्वाचित भएका छन् । उनले अध्यक्ष पदका अर्का उमेदवार डेजी पाण्डे र दुर्गा जोशीलाई पराजित गरेका हुन् ।

    निर्वाचन अधिकृत मानबहादुर जोराका अनुसार उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, सचिवमा ममताप्रसाद चौधरी, उपसचिवमा चूडामणि भट्ट र महिला उपसचिवमा गंगाकुमारी चौधरी विजयी भएका छन् ।

    मतदान गएराति सकिएको थियो । मतगणना भने आज बिहान सकिएको हो । यही फागुन ६ गते अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । उक्त ५९१ प्रतिनिधि रहेको जिल्ला अधिवेशनमा ५७७ मत खसेको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार