Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आइतबारदेखि नारायणगढ–मुग्लिन सडक २४ सै घण्टा सञ्चालनमा आउने


    शनिबार, फाल्गुन १२ २०८०
    825
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने काम अन्तिम चरणमा पुगेपछि उक्त सडक आइतबारदेखि २४ सै घण्टासञ्चालनमा आउने तथा खुला रहने भएको छ ।

    चट्टानी पहाड फुटाउने काम अन्तिम चरणमा पुगेको जानकारी सडक डिभिजन भरतपुरले दिएको हो ।

    हरेक दिन मध्यान्ह १२ देखि अपराह्न ४ बजेसम्म आवागमन बन्द हुँदै आएको सडक आइतवारदेखि २४ सै घण्टा खुला रहने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिमखण्ड)का सूचना अधिकारी ई कृष्णप्रसाद आचार्यको भनाइ उद्धृत गर्दै सडक डिभिजन भरतपुरले जनाएको छ ।

    ‘नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल निर्माण कार्यका लागि कडा चट्टानी पहाड फुटाउने कार्य लगभग अन्तिम चरणमा पुगेको जानकारी गराउँदछौँ,’ आचार्यले भनेका छन्, ‘दिनको १२ देखि ४ बजेसम्म आवागमन बन्द हुँदै आएको सडक यही फागुन १३ गते आइतबारदेखि २४ सै घण्टा सडक आवागमन खुला रहने कुराको समेत जानकारी गराउदछौँ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार