Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा आगलागी हुँदा एक बालकको मृत्यु


    शनिबार, फाल्गुन १२ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • झापा। झापा गाउँपालिका वडा नं ४ को भामटोलीमा आगलागी हुँदा जलेर एक बालकको ज्यान गएको छ।

    शुक्रबार दिउँसो ४:३० बजेको समयमा झापा गाउँपालिका ४ भामटोली बस्ने ईनाम हुसेन शेखको घरनजिकै रहेको परालको कुन्यूमा आगलागी हुँदा शेखका अन्दाजी साढे ४ बर्षका छोरा अतिप हुसेनको जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    स्थानीयबासी, भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

    क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार