Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मध्यपुर थिमी नगरपालिकाः प्रशासकीय प्रमुखको विवादमा उपप्रमुखसहित आठ सदस्यद्धारा बैठक बहिष्कार


    आइतबार, कार्तिक २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  •  
    भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले विवादका बीच प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजाललाई सङ्घीय मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको छ ।
     
    नगरपालिकाको आजको कार्यपालिका बैठकमा ११ जना सदस्यले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई तत्काल मन्त्रालय फिर्ता गरी अर्को प्रशासकीय अधिकृत पठाउन आग्रह गरेको हो । बैठकमा कूल १९ जना सदस्यमध्ये उपप्रमुख अन्जनादेवी मधिकर्मीसहित आठ कार्यपालिका सदस्य अनुपस्थित थिए । नगरपालिकाका प्रवक्ता एवं वडा नं। २ का वडाध्यक्ष राम थापाले बैठक वैधानिक नभएको आरोप लगाउँदै प्रशासकीय प्रमुखलाई फिर्ता नपठाइएको जिकिर गर्नुभयो । 
     
    बैठकपछि नगरप्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजालले नगरसभाबाट विनियोजित बजेट र उपभोक्ता समितिमार्फत भइरहेका कार्यमा असहयोग गरेकाले फिर्ता पठाउन आग्रह गरिएको जानकारी दिनुभयो । 
     
    उहाँले रिजालले नगरपालिकाको आन्तरिक राजनीतिमा सहभागी भई बजेट र कार्यक्रमरोक्ने, नगरपालिकाका आन्तरिक दस्तावेजलाई बदनियतपूर्वक बाहिर पठाएर सामाजिक सञ्जालमा हाल्न लगाउने, वडाध्यक्षलाई फोन गर्दै प्रमुखलाई घेराबन्दीमा पार्न उक्साउने गरेको आरोप लगाउनुभयो ।
     
    प्रशासकीय अधिकृत रिजालले भने सरकारले नै महामारीमा घरमा बसेर काम गर्नु भनेकाले घरमै बसेर काम गरेको बताउँदै नगरपालिकामा उपभोक्ता समितिमार्फत काम गर्ने गरी कार्यविधि नबनेकाले भुक्तानी नदिइएको जवाफ दिनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार