Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा मनायाे स्थापना दिवस


    आइतबार, कार्तिक २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । समाजवादी ट्रेड युनियन महासंघ र नेपाल समाजवादी लाेकतन्त्रिक ट्रेड युनियन महासंघ एकता समायाेजन भएर बनेकाे समाजवादी ट्रेड युनियन महासंघले सातै प्रदेशमा आज स्थापना दिवस मनाएकाे छ।

    उक्त कार्यक्रमका प्रमुख अथिती जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले समाजवादी ट्रेड युनियन महासंघ स्थापना भएकाे एक वर्षमा श्रमिक वर्गहरूकाे पक्षमा महत्व पूर्ण अभिभावकीय भूमिका निर्वाह गरेकाेमा धन्यवाद दिदै आगामी वर्षहरूमा यस महासंघले शसक्त रूपमा ट्रेड युनियन अन्दाेलनकाे अगुवाइ गर्ने निश्चित रहेकाे बताउनु भयाे।

    अध्यक्ष यादवले सरकार काेराेना महामारीमा जनता, श्रमजीवीकाे रक्षा गर्नु पर्नेमा आफ्नाे कुनै पनि जिम्मेवारी उत्तरदायित्व छैन भनेर पन्छिन खाेजेकाे आराेप लगाए।  त्यस्तै साेही कार्यक्रममा महासंघकाे मुखपत्र ‘साझा श्रमिक आवाज’ नमाक पत्रिका विमाेचन गरिएकाे छ।

    त्यस्तै जसपाका कार्यकारी सदस्य तथा पूर्वमन्त्री रकम चेम्जाेङगले २ महासंघकाे एकिकरणले देशैभरि यस महासंघप्रति श्रमिकहरूकाे भराेसा आकर्षण व्यापक बढेकाे जानकारी आफुलाइ रहेकाे बताउनु भयाे। महासंघका अध्यक्ष लालध्वज नेम्वाङले काेराेना भाइरसका कारण उत्पन्न कठिनाइका बावजुद महासंघले श्रमिकका पक्षमा गरेकाे याेगदानकाे चर्चा गर्दै आगामी दिनमा समेत श्रमजीवी वर्गकाे पक्षमा इमान्दारी पूर्वक काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।

    ‘श्रमिककाे राेजगारीकाे सुनिश्चितता समाजवादी ट्रेड युनियन महासंघमा अबाद्धता’ भन्ने मुल नाराका साथ महासंघले सातै प्रदेशमा स्थापना दिवस भव्य रूपमा मनाएकाे हाे। महासंघ केन्द्रीय कार्यालयकाे सभाहल बालकुमारी ललितपुरमा सम्पन्न साे कार्यक्रममा महासंघ नेतृत्वले याे पहिलाे वर्ष उपलब्धि पूर्ण रहेकाे बताएकाे छ।

    उक्त कार्यक्रममा एक वर्षे प्रतिवेदन उपाध्यक्ष अर्जुन लम्सालले प्रस्तुत गरेका थिए। त्यसैगरी महासंघले स्थापना दिवस सातै प्रदेशमा केक कटी दिप प्रज्वलन गरी मनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार