Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ६ सय काेराेना सङ्क्रमित निको भए


    आइतबार, कार्तिक २३ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टाका अवधिमा २१९ जना कोरोना सङ्क्रमित थपिएका छन् । सो अवधिमा गरिएको ९७६ जनाको पिसिआर परीक्षणमा ७५ महिला र १४४ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
     
    थपिएकामा मोरङगमा १०३ मध्ये विराटनगरमा ४८, सुनसरीमा ४८, झापामा ३३, ते¥हथुममा आठ, उदयपुरमा छ, इलाम र संखुवासभामा दुई÷दुई पाँचथर, भोजपुर र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जना रहेका छन् । यसप्रदेशमा सङ्क्रमितको सङ्ख्या २१ हजार ८८४ पुगेको छ ।

    प्रदेशमा आज नै ६०० जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म घर फर्किनेहरुको सङ्ख्या  १४ हजार १७३ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७० हजार ९५१ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार