Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार


    शुक्रबार, फाल्गुन ११ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएकी छन् ।

    शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीले खोजिरहेको छ ।

    बच्चा बोकिदिने बाहना गरेर ती महिला बच्चासहित फरार भएकी हुन् । दिउँसो १ बजेतिर खबर पाएको प्रहरीले बच्चा चोरेर भाग्ने महिलाको खोजी गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार