Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लघुवित्त र सहकारी पीडितहरुले बालुवाटारमा गरे प्रदर्शन


    शुक्रबार, फाल्गुन ११ २०८०
    900
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्याय माग्दै काठमाडौं आएका लघुवित्त र सहकारी पीडितहरुले बालुवाटारमा प्रदर्शन गरेका छन् ।

    न्यायका लागि भन्दै देशका विभिन्न स्थानबाट आएका उनीहरु बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गर्न पुगेका हुन् ।

    अहिले उनीहरू प्रहरीले रोकेकै स्थानमा नारा लगाइरहेका छन् । सि‌‌हदरबार जान नपाएपछि मिटरब्याजपीडितहरु सडकमै सुतेका छन् ।

    झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट पैदल हिंडेका मिटरब्याज पीडित २३ दिनपछि बुधबार काठमाडौं आइपुगेका हुन् ।

    हिँडरै आइपुगेका लघुवित्त पीडितहरू सिफलमा खुला आकाशमुनि बसिरहेका छन्‌ ।

    लघुवित्तले ऋणपासोमा पारेर दुःख दिएको भन्दै न्यायको माग गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार