Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अवरुद्ध संसद् खोल्न सभामुखले सुरू गरे छलफल, सत्तापक्षले माफी माग्नुपर्ने विपक्षीको शर्त


    शुक्रबार, फाल्गुन ११ २०८०
    810
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं । ​​सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपका कारण अवरुद्ध प्रतिनिधि सभाको बैठक खोल्न सभामुख देवराज घिमिरेले छलफल सुरु गरेका छन् ।

    संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा प्रमुख चार दलका प्रमुख सचेतकसहितको बैठक अहिले जारी छ ।

    संसद्‌मा कोरम पुग्न नदिन प्रतिपक्षले सांसदलाई बाहिर पठाएको भन्दै सत्तापक्षका सांसद राजेन्द्र केसीले आरोप लगाएपछि प्रतिनिधि सभामा होहल्ला भएको थियो । त्यसपछि सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि भन्दै स्थगित गरेका थिए ।

    नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र रास्वपाका प्रमुख सचेतक बैठकमा सहभागी छन् । रास्वपा सांसद विराजभक्त श्रेष्ठले विपक्षी दललाई आक्षेप लगाएकोमा सत्ता पक्षले माफी माग्नु पर्ने बताएका छन् ।​

    गणपूरक संख्या नपुगेपछि हिजो सरकारले राजनीतिक दलसम्बन्धी विधेयक संसद्‌मा टेबल गर्न सकेको थिएन ।

    त्यस्तै प्रतिपक्षी दलले विधेयक पेश हुन नदिन सांसद बाहिर पठाएको कांग्रेस सांसद केसीले आरोप लगाएपछि प्रतिपक्षी दल आक्रोशित बनेका थिए ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार