Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पछिल्लो २४ घण्टामा २८१२ जना कोरोना संक्रमित संक्रमणमुक्त


    आइतबार, कार्तिक २३ २०७७
    895
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ८ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

    यो सँगै नेपालमा १ लाख ५७ हजार ९ सय २६ जना संक्रमित  उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ दशमलभ १ प्रतिशत रहेको छ। 

    मन्त्रालयका अनुसार १२ हजार ३ सय ११ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै १५ लाख ४० हजार ७७ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।  

    मन्त्रालयका अनुसार १ हजार १ सय ४९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा ३५ हजार ४  सय १९ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार