Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • हतियार देखाएर जुवा खालबाट ४ लाख लुटपाट, तीन जना पक्राउ


    आइतबार, कार्तिक २३ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कञ्चनपुर । कञ्चनपुरमा अत्याधुनिक हतियार देखाएर जुवाको रकम लुट्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान खेतमा जुवा खेलिरहेका व्यक्तिहरुलाई अत्याधुनिक हतियार देखाएर ३ लाख ९५ हजार रुपैयाँ लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा वेदकोट नगरपालिका १ पिपलथलाका केदार विष्ट, वडा नम्बर २ वसन्थलाका २२ वर्षीय पारसमणि जोशी र कृष्णपुर नगरपालिका ५ का २६ वर्षीय दीपक भट्ट रहेका छन् । उनीहरुलाई प्रहरीले बुधबार बेलुका एक थान सेमी अटोमेटिक पेस्तोल र म्याग्जिनसहित पक्राउ गरेको हो । 

    प्रहरीका अनुसार सात/आठ जनाको समूहमा आएका व्यक्तिहरुले वेदकोट नगरपालिका ५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेका व्यक्तिहरुबाट तीन लाख ९५ हजार नगद र तीन थान मोबाइल लुटेर फरार भएका थिए । रकम लुटिएको सूचनापछि घटनाको अनुसन्धानका लागि खटिएको जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट दैजीको संयुक्त टोलीले घटनामा संलग्नहरुलाई हतियारसहित पक्राउ गरेको हो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार