Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उपचाररत धनकुटाका कोरोना संक्रमितको धरानमा मृत्यु


    आइतबार, कार्तिक २३ २०७७
    720
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनकुटा । धनकुटाका एक कोरोना संक्रमित वृद्धको उपचारका क्रममा आइतबार मृत्यु भएको छ । पाख्रीबास नगरपालिका–३ का ७२ वर्षीय वृद्धको धरानस्थित बीपी कोराइला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दिउँसो करिब एक बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    उनलाई तीन दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमणका कारण गम्भीर भएपछि उनलाई शनिबार प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार