Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मकवानपुरमा हत्या गरेर फरार रहेका आरोपी ललितपुरमा पक्राउ


    आइतबार, कार्तिक २३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मकवानपुरमा हत्या गरेर फरार रहेका आरोपी ललितपुरबाट पक्राउ परेका छन् । 

    मकवानपुरको बकैया गाउँपालिका–४ नयाँदमारका २० वर्षीय विकास वाइवाको हत्यामा संलग्न भएको आरोपमा  प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वाइवा हत्याका आरोपी सोही ठाउँका २० वर्षीय शंकर भनिने भीमराज भोलन पक्राउ परेका हुन्। 

    गत शुक्रबार मकवानपुर गाउँपालिका–४ सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटबल चौरमा बसेर चुरोट खाँदा वाइवा र भोलनबीच विवाद भएको थियो। भोलनले आफ्नो साथमा रहेको खुकुरी प्रहार गरी वाइवाको हत्या गरेका थिए। खुकुरी प्रहारबाट वाइवाको टाउको र शरीर छुट्टिएको अवस्थामा शव प्रहरीले बरामद गरेको थियो।

    शनिबार ललितपुरको बागमती गाउँपालिका–२ का स्थानीयले पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन् । गाउँमा नयाँ मान्छे आएको र शंकास्पद गतिविधि गरेको पाइएपछि स्थानीयले पक्राउ गरेर प्रहरीलाई खबर गरेका थिए। 

    त्यसपछि इलाका प्रहरी कार्यालय ठिंगन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरले भोलनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई जिम्मा लगाएको मकवानपुरका डिएसपी इन्द्रबहादुर रानाले बताए। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार