Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • मित्रमिलन सहकारी ठगी प्रकरणमा पत्रकार गिरी कारागार चलान


    बिहिबार, फाल्गुन १० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मित्रमिलन सहकारी ठगीको आरोप लागेका पत्रकार अर्जुन गिरी पुर्पक्षका लागि थुनामा गएका छन् । कास्की जिल्ला अदालतले बिहीबार गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

    ठगी आरोपपछि पक्राउ पुर्जी जारी भएसँगै उनी फरार थिए । बुधबार आफैँ अदालत हाजिर भएका गिरीलाई बिहीबार थुनछेक बहसपछि न्यायाधीश रामचन्द्र शर्माको इजलासले थुनामा पठाउने आदेश दिएको हो ।

    उनी सहकारीको लेखा समितिमा सदस्य भएर काम गरिसकेका व्यक्ति हुन् । सहकारीको रकम पत्रिका र व्यक्तिगत व्यवसायमा खर्च गरेको उनीमाथि आरोप छ । सहकारीका ३३ जनाविरुद्ध पक्राउ पुर्जी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार