काठमाडौँ। कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा अर्थात् सडक खन्दा विस्फोट भएको छ ।
भीमदत्त राजमार्गम मर्मतका लागि डोजरले खन्दा बुधबार साँझ विस्फोट भएको कैलालीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले बताए ।
ठेकेदार दिलराज जोशीले सडक ग्राबिल गर्न जेसीबीले खानाउने क्रममा जमिन भित्रबाट नाम नखुलेको विस्फोटक पदार्थ पट्किएको जानकारी दिए । सडक चौडा तथा मर्मत गरिरहेको जेसीबीले सडक खन्ने क्रममा अचानक विष्फोट हुँदा चालकसहित चार जना घाइते भएका छन् ।
घाइते हुनेमा कैलालीको चुरेका वर्ष ४५ का वसन्त खडायत, सुर्खेत घर भई हाल कञ्चनपुर बस्ने रोलर अपरेटर २२ वर्षीय हिरा थापा र विराटनगर घर भई हाल कञ्चनपुर बस्ने वर्ष ३५ का नवीन देव अवस्थी रहेको डीएसपी चन्दले बताए ।
घाइते चार जनामध्ये जेसीबी चालक डडेल्धुराको आलिताल गाँउपालिका ८ का २४ वर्षीय विकास थापाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । थापाको सहजपुरस्थित स्वास्थ्य चौकीमा उपचार गरिएको छ ।
अन्य तीन जना घाइतेको धनगढीको मायामेट्रो अस्पतालमा उपचार भइरहेको डीएसपी चन्दले बताए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend