Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • काठमाडौं उपत्यकामा थप १५१२ जनामा कोरोना संक्रमण


    शनिबार, कार्तिक २२ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ५१२ कोरोना संक्रमित थपिएका छन।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार २९४, ललितपुरमा १४१ र भक्तपुरमा ७७ जनालाई  कोरोना संक्रमण देखिएको छ।

    काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १५४५५ पुगेको छ। ललितपुरमा २१९१ र भक्तपुरमा १२१६ सक्रिय संक्रमित छन्।

    काठमाडौंमा ११५७०, ललितपुरमा १८०३ र भक्तपुरमा १७५० जना संक्रमित होम आइसोलेसनमा छन्।

    यस्तै उपत्यकाका तीन जिल्ला काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ७० जना संक्रमितको मृत्यु भएको छ।

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार २०६ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ५५ हजार ११४ जना निको भएका छन्। 

    आज देशभर ३५ हजार ४३५ जना सक्रिय संक्रमित छन्।

    पछिल्लो २४ घन्टामा १७ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १०८७ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार