Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नुवाकोटमा रुखबाट खसेर वृद्धको मृत्यु


    बुधबार, फाल्गुन ९ २०८०
    890
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • नुवाकोट। नुवाकोटको पश्चिमी भेगमा रहेको नुचेतमा रुखवाट खसेर एक वृद्धको मृत्यु भएको छ। सदरमुकाम विदुरदेखि ४० किलोमिटर दुरीमा रहेको किस्पाङ गाउँपालिका १ नुचेत भाल्चेका ६६ वर्षीय म्लिचुरुङ तामाङको रुखकनट खसेर ज्यान गएको हो।

    पशुचौपाया पालेर गोठमा बस्दै आएका तामाङ दिउँसो रुखमा चढेर घाँस काट्ने क्रममा रुखबाट खसेपछि ज्यान गएको वडाध्यक्ष पशुपति घलेले जानकारी दिए। रुखबाट खसेर वृद्ध तामाङको घटनास्थलमै जयान गएको हो भने आफन्तजनले उनको अन्तिम संस्कार गरेको स्थानीयवासीले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार