Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वयम्भू घटना : दुई छोरीसहित मृत फेला परेकी ईश्वरीका श्रीमान पनि झुण्डिएको अवस्थामा मृत भेटीए


    बुधबार, फाल्गुन ९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको स्वयम्भुमा मृत फेला परेकी महिलाका श्रीमान पनि जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

    काठमाडौं प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीले सोलुखुम्बुका रामप्रसाद सुनार मृत फेला परेको जानकारी दिए।

    आज बिहान उनका श्रीमती र दुई छोरीहरु कोठाभित्रै मृत फेला परेका थिए । रामप्रसादको शव भने घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेको हो ।

    मृत्यु हुनेमा ३८ वर्षीया ईश्वरी श्रेष्ठ र उनका छोरीहरु ८ वर्षीया अनिशा श्रेष्ठ तथा साढे २ वर्षीया शिवानी श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

    मृत भेटिएका आमा र बच्चाको टाउकोमा चोट लागेको छ ।

    सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–१० घर भएका उनीहरु नागार्जुन नगरपालिका–६ भैरवटोलस्थित बद्री चापागाईंको घरमा डेरामा बस्दै आएका थिए ।

    यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार