काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । उक्त फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ ।
जिल्ला अदालतले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौति दिन लागेका हुन् । उनले आफू निर्दोष रहेको जिकिर गर्दै आएका छन् ।
सन्दीप अहिले अस्पतालमा छन् । उनको शरीरका रहेको लाइपोमाको शल्यक्रिया भइरहेको छ ।
गत पुस १३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपलाई बलात्कार आरोपमा दोषी ठहर गरेको थियो। तर अदालतले सरकारी दावीविपरित पिडित भनिएकी युवती १८ वर्षभन्दा बढी उमेरको भएको निष्कर्श निकालेको थियो। सोही ठहरपछि त्यसै दिन उनलाई बढीमा १० वर्ष र कम्तिमा ७ वर्ष जेल सजाय हुने पक्का भएको थियो।
पछि शिशिरराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्ष कैद सुनाएको हो। फैसलाको पूर्ण पाठ तयार भएको ७० दिनभित्र पुनरावेदन गरिसक्नुपर्ने नत्र फैसला स्विकार गरेको ठहरिने कानुनी प्रावधान रहेको छ। न्यायधिश ढकालले केही साता अघि फैसलाको पूर्ण पाठ तयार गरेका थिए। १० वर्षभन्दा कम सजाय हुने कसुर गरेकाले सन्दीपले जेल बाहिर बसेर यो मुद्दा लड्न सक्नेछन्।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend