Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषध अफिमसहित दुई जना पक्राउ


    शनिबार, कार्तिक २२ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जाजरकोट ।  लागूऔषध अफिम सहित नलगाड नगरपालिकाका दुइ जना पक्राउ परेका छन् । प्रहरीले १२ केजी अफिमसहित रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–९ राडीबजारबाट सो नगरपालिका–८ का ४६ वर्षीय मालबहादुर सिंह र सोही नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय कालीबहादुर सिंहलाई अफिमसहित शुक्रबार पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय आठबीसकोटबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाइएको छ । केही समय अघि नलगाड कै तीन जना पक्राउ परेका थिए । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार