Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य सामग्री हस्तान्तरण


    शुक्रबार, कार्तिक २१ २०७७
    590
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धरान उपमहानगरपालिका वडा नं १४ ले कोरोना भाइरस सङ्क्रमितका लागि आवश्यक अक्सिजन तथा बाफ लिने उकरण खरिद गरी स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको छ । श्वास प्रश्वासका समस्याका कारण सङ्क्रमितको अकालमा निधन हुन थालेपछि वडाले स्वास्थ्य उपकरण खरिद गरेको हो ।
        
    वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले  स्वास्थ्य केन्द्र प्रमुख चन्दकला राईलाई तीन लाख बराबरको स्वास्थ्य सामाग्री आज हस्तान्तरण गर्नुभयो  । ती सामग्रीमा अक्सिजन, पल्स अक्सोमिटर, स्टिम गन स्यानिटाइजर, डिजिटल थर्मोमिटर लगायतका सामाग्री रहेका छन् ।   सङ्क्रमित बडाबासीलाई श्वासप्रश्वासमा समस्या भए घर मै पुगेर सेवा प्रदान गर्न  स्वास्थ्यकर्मी राई, केन्द्रकुमारी बस्नेत र  रुमा अधिकारीको टोली तयारी अवस्थामा राखिएको जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार