Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस महासमिति बैठक : उपसभापति खड्काद्वारा नीति प्रस्ताव पेस (पूर्णपाठ)


    मंगलबार, फाल्गुन ८ २०८०
    770
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सोमबार उद्धघाटन भई आज सुरु भएको सत्तारुढ दल नेपाली कांग्रेसको महासमिति बैठकमा नीति प्रस्ताव पेस भएको छ। आज सुरु भएको यस बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका हुन्।

    महासमितिको बैठकमा उपसभापति खड्काले पेश गरेको उक्त नीति प्रस्तावमा देश र लोकतान्त्रिक शासन व्यवस्थामाथि संकट आइपरेको बेलामा पार्टीले जिम्मेवार र बुद्धिमतापूर्ण भूमिका निर्वाह गर्दै र परिस्थितिलाई सम्हाल्दै आएको बताएका छन् ।

    उनले पेश गरेको ६५ पृष्ठ लामो नीति प्रस्तावमा भनिएको छ, ‘जब जब देशमा संकट देखा पर्दछ, लोकतन्त्रमाथि आक्रमण हुन्छ, नागरिकको हक अधिकार खोस्ने दुस्साहस हुन्छ, त्यस परिस्थितिमा नेपाली कांग्रेस त्यस्तो राजनीतिक दल हो, जसले परिस्थितिलाई गम्भीरतापूर्वक लिएर अगाडि बढेको इतिहास छ । देशको सार्वभौमसत्ता, लोकतन्त्र तथा नागरिक हक अधिकारमाथि कुनै पनि शक्ति तथा निकायबाट हुने अतिक्रमण तथा हननका विरुद्ध नेपाली कांग्रेस आफ्नो स्थापना कालदेखि हालसम्म सतिसाल झैँ उभिएको छ ।’

    उनले बहुलवादमा आधारित बहुदलीय संसदीय व्यवस्था, आवधिक निर्वाचन, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता, सूचनाको हक, स्वतन्त्र न्यायपालिका, विधिको शासन तथा निजी सम्पत्तिको संरक्षणको सवालमा नेपाली कांग्रेसले कहिल्यै कसैसँग कुनै पनि सम्झौता नगर्ने उल्लेख गरेका छन् ।

    कांग्रेसका सभापति शेरबहदुर देउवा नेतृत्वको गठबन्धन सरकारले स्थानीय, प्रदेश र संघ तीनै तहको निर्वाचन गरेर तीनै तहमा ठूलो दलको रूपमा स्थापित भएको खड्काले बताएका छन् । ठूलो दल भएकै कारण अहिले पनि सुझबुझपूर्ण ढङ्गबाट काम गर्दै सम्पूर्ण राजनीतिक दल, नागरिक समाज तथा सञ्चार जगतलाई समेत साथमा लिएर लोकतन्त्रको संरक्षण, सम्बद्र्धन तथा समुन्नतिको लागि काम गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

    नेपाली कांग्रेस यस विषम परिस्थितिमा इतिहासले आफूलाई सुम्पिएको यस महत्वपूर्ण जिम्मेवारी बहन गर्न प्रतिवद्ध भएर क्रियाशील छ । हामी सबैलाई थाहा छ आजको अवस्था सहज छैन । हाम्रा सामु अझै विभिन्न अप्ठ्यारा परिस्थिति छन् । प्रतिवेदनमा भनिएको छ ।

    त्यस्तै बैठकमा पेस भएका विभिन्न प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन्। ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार