Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शुक्रबार काठमाडौं उपत्यकामा थपिए १३ सय ३८ संक्रमित


    शुक्रबार, कार्तिक २१ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबार थप १ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार ५ सय ७० महिला र ७ सय ६८ जना पुरुष गरी एक हजार ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मन्त्रालयका अनुसार काठमाडौंमा १५ हजार १, भक्तपुरमा एक हजार २ सय ४२ र ललितपुरमा २ हजार २ सय २६ सक्रिय संक्रमित छन् । काठमाडौंमा ११ हजार ३ सय ५९, भक्तपुर १ हजार ७ सय ३० र ललितपुर १ हजार ८ सय ९१ जना होम आइसोलेसनमा रहेका छन् ।

    नेपालमा कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार