Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ब्राउन सुगर बोकेर नेपाल छिरेका एक भारतीय नागरिक पक्राउ


    मंगलबार, फाल्गुन ८ २०८०
    665
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  •  

    विराटनगर। विराटनगरबाट लागूऔषध ब्राउन सुगर (खैरो हेरोइन) बोकेर नेपाल छिरेका एक जना भारतीय नागरिक पक्राउ परेका छन्।

    भारतको जोगवनी हुँदै नेपाल प्रवेश गरेका भारतीय युवकलाई प्रहरीले विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ गरेको हो।
    पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशस्थित भर्साली साहापुरका २१ वर्षीय मोहमद सलमान रहेका छन्।

    लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले सोमबार साँझ नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा उनको साथबाट १.१२ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीको भनाइ छ।

    साथबाट ब्राउन सुगरसहित पक्राउ परेका सलमानलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ।

    यस विषयमा इन्सपेक्टर सन्दीप बेलबासे नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ। सलमानविरुद्ध लागूऔषध ऐनअन्तर्गतको मुद्दा चलाइने प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार