काठमाडौं । शुक्रबार थप २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्।
योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ४ हजार ५ सय जना निको भइ घर फर्केका छन्। निको हुनेको संख्या एक लाख ५२ हजार ९०८ पुगेको मन्त्रालयले जनाएको छ।