Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादी स्याङ्जा इन्चार्ज, अध्यक्ष, सचिव र उपसचिव एमालेमै फर्किए


    सोमबार, फाल्गुन ७ २०८०
    640
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी स्याङ्जा जिल्ला इन्चार्ज र अध्यक्ष दुवै जना नेकपा एमालेमा फर्किएका छन्। पूर्व सांसद तथा समाजवादी स्याङ्जा इन्चार्ज महेन्द्र थापा र जिल्ला अध्यक्ष रामचन्द्र भट्टराई एमालेमा फर्किएका हुन्।

    त्यस्तै स्याङ्जास्थित समाजवादीका जिल्ला सचिव श्रीबहादुर गुरुङ र उपसचिव राजेन्द्र मरासिनी पनि एमालेमा फर्किएका छन्। उनीहरू सबैलाई एमाले केन्द्रीय कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरूले स्वागत गरेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार