Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागलुङका २९ वर्षीय संक्रमित पुरुषको पोखरामा मृत्यु


    शुक्रबार, कार्तिक २१ २०७७
    665
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बागलुङ । बागलुङका २९ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ। जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार राति करिब ८:५० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी उपचार गराइरहेका थिए।

    निमोनिया लगायतका समस्या रहेका उनलाई भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो। गत बुधबार बागलुङमा मृत्यु भएका बागलुङ नगरपालिका–२ का ८१ वर्षीय पुरुषको पनि कोरोना भाइरस जाँचको रिपोर्ट शुक्रबार पोजेटिभ आएको छ। योसँगै बागलुङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ।

    त्यस्तै, स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्तिअनुसार पोखरा महानगरपालिका वडा नं. १० का ७७ वर्षीय पुरुषको बिहीबार राति उपचारकै क्रममा मृत्यु भएको छ। उनमा कात्तिक २ गते संक्रमण पुष्टि भएको थियो। वडा नं. ३० का उमेर नखुलेका संक्रमित बालकको शुक्रबार दिउँसो १२:१५ बजे मृत्यु भएको छ। उनमा निमोनियाको समस्या थियो।

    वडा नं. १७ का ७५ वर्षीय पुरुषको शुक्रबार बिहान ९ बजे मृत्यु भएको छ। उनी कात्तिक १४ गते संक्रमण पुष्टि भएपछि गण्डकी मेडिकल कलेजमा उपचाररत थिए। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुगेको निर्देशनालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार