काठमाडौं । तिहारपछि खुलामञ्चसहित राजधानीका विभिन्न खुला ठाउँमा नि:शुल्क खाना वितरण नगरिने भएको छ । लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताहरु र काठमाडौं महानगरपालिकाबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएपछि उक्त क्षेत्रमा खाना वितरण बन्द गरिएको हो।
शुक्रबार भएको सहमतिपत्रमा हाम्रो सानो प्रयास, हन्ड्रेड्स ग्रुप, गसिप क्वीन, हाम्रो टिम नेपाल, मानवी क्रिएटिभ एसोसियसनलगायत अभियान–संघसंस्थाका प्रतिनिधि र काठमाडौं महानगरपालिका सहरी स्वास्थ्य महाशाखाका निर्देशक हरिबहादुर कुँवर, बसन्त आचार्यल,धनपति सापकोटा,राजु पाण्डेलगायका अधिकारीले हस्ताक्षर गरेका छन्।
कोरोना भाइरसको आतंकका कारण समस्यामा परेकाहरुलाई खुलामञ्च र पशुपतिलगायतका क्षेत्रमा नि:शुल्क खाना खुवाउँदै आएको थियो । केही दिनअघि खुलामञ्चमा रोजगारबिहीन रअसहायलाई खान खुवाउने कार्यक्रम रोक्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएपछि यसको चौतर्फी विरोध भएको थियो।