Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • सेनाको संभारमा चलखेल, पदस्थापन नहुँदै ठेकेदारसँग जर्नेलको भेट


    सोमबार, फाल्गुन ७ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका तीनजना सहायक रथीको उपरथीमा बढुवा भएको छ । मन्त्रिपरिषद्को आइतबारको निर्णय अनुसार उनीहरूको बढुवा भएको हो । सैनिक मुख्यालयले सहायक रथीत्रय अनुपजंग थापा, सुनिल श्रेष्ठ र प्रकाश देउजालाई बढुवा सिफारिस गरेको थियो । रक्षा मन्त्रालयको प्रस्तावमा सरकारले उनीहरूको बढुवा गरेको हो । थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, श्रेष्ठ मध्यपश्चिम पृतना र देउजा सैनिक मुख्यालयमा कार्यरत रहेका छन् ।

    बढुवा हुनासाथ उपरथी प्रकाश देउजालाई संभाररथी विभागमै पदस्थापन गर्ने चलखेल भइरहेको छ । देउजा संभार रथी विभागमै सहायकरथीका रुपमा कार्यरत रहेकै अवस्थामा उपरथी बढुवा भएका हुन् । संभाररथी विभागका प्रमुख उपरथी बिष्णु राउत छन् । संभाररथी विभागले सेनाको सबै बन्दोबस्तीका सामान खरिद गर्छ ।

    संभारका प्रमुख राउत भएपनि सबै चलखेल देउजाले नै गर्दैआएका थिए । सेनाको संभाररथी विभाग सवैको रोजाइमा पर्दछ । संभारको आकर्षण देखेरै देउजा त्यहीँ पदस्थापन हुने दाउमा छन् । उनले संभारमै पदस्थापन हुनका लागि वातावरण मिलाउन बढुवा नहुँदै २०८० माघको अन्तिमसाता ठेकेदार राजमान मिश्रलाई भेट गरेको स्रोत बताउँछ ।

    यसअघिका संभाररथी विभाग प्रमुख प्रदीपजंग केसी पनि देउजालाई सेनाको खरिदको हाकिम बनाउन लागेका छन् । संभाररथी प्रमुख हुँदा एमआई १७ हेलिकोप्टर मर्मत गर्ने कम्पनी छनोटका क्रममा अनियमितता गरेको काण्ड सार्वजनिक भएपछि केसीको सरुवा भएको थियो । त्यसपछि संभार प्रमुखमा राउत आएका थिए भने सेकेन्डम्यान देउजा । प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल ६ महिना पनि बाँकी नभएको अवस्थामा उपरथी केसी पनि देउजालाई संभारमा ल्याउन लागेका हुन् ।

    केसी संभारको प्रमुख हुँदा ठेकेदारहरु जलेश्वर पौडेल र राजमान मिश्रले सेनाका ठेक्कामा प्रवेश पाएका हु्न् । केसी सरुवा भएपछि उनले नै देउजासँग ठेकेदार पौडेल र मिश्रसँग भेट गराइदिएका थिए । २ बर्षअघि गोर्खा ह्याटको ठेक्का लिएर बुझाउन नसकेपछि राजमान मिश्रको जेएमबीडी कालोसूचीमा परेको थियो । कालोसूचीबाट फुकुवा हुनासाथ उपरथी केसीले संभारको प्रमुख हुँदा मिश्रलाई सेनाको ठेक्कामा प्रवेश गराएका थिए । केसीको सरुवा भएपछि उनैमार्फत् मिश्र र पौडेलल देउजासँग लाइन मिलाएका थिए ।

    सेनाको संभारथी विभागले यसअघि स्वदेशी कम्पनीबाट उत्पादित जुत्ता नलिएर कमिसनको सेटिङमा चाइनिज जुत्ता ल्याउने गरी ठेक्का दिएपछि आलोचना भइरहेको छ । कमिसनको चलखेलमा चाइनीज कम्पनीको जुत्ता खरिद गरिएको बिषयमा नेपालफेसले यसअघि नै उजागर गरिसकेको छ । सेनाले २०७६–०७७ सालमा स्पोर्टस जुत्ताको टेण्डर चाइनिज जुत्ताको नमूना हाल्ने कम्पनीलाई दिएको थियो ।

    चाइनिज स्पोर्टस जुत्ता गुणस्तर नभएको र अत्यन्तै कमजोर भएको भन्दै सेनाभित्र नै विवाद भएपछि नेपालमै उत्पादित गोल्डस्टार जुत्ता खरिद गर्दैआएकोमा यो बर्ष कमिसनको लोभमा चाइनीज स्पोर्टस जुत्ता खरिद गर्ने निर्णय गरेको छ । जुत्ता खरिदमा भएको यो चलखेलले पनि सेनाभित्र सामान खरिदमा हुने गरेको गरेको सेटिङलाई उजागर गर्दछ । संभाररथीबाट अरबौंको खरिद हुने भएकाले उक्त विभागको प्रमुख हुन सेनाभित्र रस्साकस्सी चल्ने गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार