Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रजातन्त्र दिवसको कार्यक्रममा पत्रकारलाई निषेध


    सोमबार, फाल्गुन ७ २०८०
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज (सोमबार) प्रजातन्त्र दिवसको अवसरमा भएको कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको छ । सैनिक मञ्च टुँडीखेलमा भएको उक्त कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको हो ।

    पत्रकारलाई प्रवेशमा रोक लगाएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेर सांकेतिक विरोध गरेका छन् । सूचना विभागले उपलब्ध गराएको प्रेस कार्ड देखाउँदा पनि प्रवेश दिइएको छैन ।

    त्यस्तै आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार