Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ४० लाख रुपैयाँसहित नागढुंगाबाट गुप्ता पक्राउ


    शुक्रबार, कार्तिक २१ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नागढुंगाबाट एकजना व्यक्ति ४० लाख रुपैयाँसहित पक्राउ परेका छन्। स्रोत नखुलेको ४० लाख रुपैयाँसहित नवलपरासी (पश्चिम) पाल्हीनन्दन गाउँपालिका-२ बस्ने ४० वर्षीय ब्यास गुप्तालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

    बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ८६५२ नम्बरको यात्रुबाहक बस महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा  बसमा सवार गुप्तालाई झोला र कम्मरपेटीमा लुकाई ल्याएको १ हजार दरका ४ हजार थानमा रहेको उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार