Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनलाइनबाट कक्षा १२ को परीक्षा लिन बोर्डद्वारा अस्वीकार


    शुक्रबार, कार्तिक २१ २०७७
    810
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा अनलाइन माध्यमबाट गर्न नसकिने जनाएकाे छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनलाइनबाट परीक्षा गराउन निर्देशन दिए पनि यसबारे कुनै तयारी नगरेको बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले बताएका छन्।

    परीक्षा सञ्चालन कार्यविधिमा अनलाइन प्रविधिबाट परीक्षा गराउने विषय नसमेटिएको भन्दै उनले अनलाइनबाट परीक्षा गराउने कुनै सम्भावना पनि नरहेको जानकारी दिए।

    अनलाइन माध्यमबाट परीक्षा गराउने निर्देशनबारे बोर्डमा कुनै आधिकारिक जानकारी नभएको पनि उनले बताए। कक्षा–१२ को परीक्षा यही मंसिर ९ गतेबाट सञ्चालन हुँदै छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार