Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झापामा कोेरोना संक्रमणबाट ५८ जनाले गुमाए ज्यान


    शुक्रबार, कार्तिक २१ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापामा कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ। जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८९३ रहेको जनाएको छ।

    कार्यालयको तथ्यांकअनुसार ३० हजार ४४१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा दुई हजार ३६२ जना संक्रमित छन्। तीमध्ये निको भएर एक हजार ४४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइइँले बताए। 
    उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दमक नगरपालिकामा रहेको छ। दमकमा ५५८ कोडिभ–१९ का संक्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन्।
     
    १५ स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २९२, मेचीनगरमा २७८, विर्तामोडमा ३८७, कनकाईमा १४१, अर्जुनधारामा ८४, गौरादहमा १०३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार