Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जापानले दियो ३० मिनेटमै कोरोना रिपोर्टको जानकारी दिने किट 


    शुक्रबार, कार्तिक २१ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • काठमाडौं । कोरोना महामारीको सामना गरिरहेको नेपाललाई गैरआवासीय नेपालीहरुले विभिन्न किसिमका सहयोग गरिरहेका छन् । यसैक्रममा गैरआवासीय नेपाली संघ(एनआरएनए)का सामाजिक अभियन्ता जापान निवासी कपिददेव थापाले १० हजार पिस Antigen test kit  आज स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज राउतलाई हस्तान्तरण गरेका छन् ।

    एनआरएन आईसीसीका मानार्थ परिषद सदस्य कपिलदेव थापाले जापानको प्रतिष्ठित कम्पनी Fujirebio Inc  सँग पहल गरी उक्त किट नेपाललाई सहयोगस्वरुप दिलाएका हुन् । Fujirebio Inc अध्यक्ष Mr Goki ishikawa र नेपालका तर्फबाट थापाले हस्ताक्षर गरी ५० हजार थान किट्स नेपालका लागि सहयोग गर्ने पहल भइरहेको छ । ५० हजार थान टेष्ट किट्समध्ये पहिलो लटमा ७ हजार थान नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण भइसकेको छ भने आज १० हजार पिस किट थापाले स्वास्थ्य मन्त्री ढकाललाई हस्तान्तरण गरेका छन् । ५० हजार पिस नेपाल आएमा करिब २१ करोड रूपैयाँ बराबरको सहयोग जापानका तर्फबाट नेपालमा आउनेछ । पहिलो चरणमा ३ करोड र दोस्रो चरणमा १ करोड २० लाख रुपैयाँ बराबरको किट्स नेपालमा आएको छ ।  

     Fujirebio Inc जापाानले ५० बर्षदेखि रोबुस्ट सामग्री उत्पादन तथा गुणस्तरीय टेष्ट किट लगायतका स्वास्थ्य सामग्री निर्माण तथा परीक्षण गराउँदै आएको छ । एशिया, युरोप र अमेरिकामा गरी १२ सय कर्मचारी रहेको सो कम्पनी संसारभरका क्लिनिकल समुदायमा प्रतिष्ठित मानिन्छ ।  सो कम्पनीका अनुसार उक्त किट्सले कोरोना लागेको वा नलागेको कुरा करिब २० देखि ३० मिनेटमा नै जानकारी गराउँदछ । कोरोना लागे नलागेको यति छिट्टै थाहा पाइने, पीसीआरका लागि ठूलो मेसिनको पनि आवश्यक नपर्ने, यसलाई देशको जुनसुकै ठाउँमा पनि सहज तरिकाले लान सकिने र चेकपोष्ट, भन्सार, एयरपोर्ट लगायतका कुनै पनि कार्यालयबाट सजिलै परीक्षण गर्न सकिने कुरा थापाले जानकारी दिएका छन् । 
       

    विगत ३५ बर्षदेखि जापानमा बस्दै आएका एनआरएनएका सामाजिक अभियन्ता थापाले ५० हजार थान किट नेपाल सरकारलाई उपलब्ध गराउने कामको पहल गरी नेपाल पठाएको पहिलो चरणको सो सामग्री सरकारले विभिन्न ठाउँहरुमा सदुपयोग गरेको हुनाले आज यो दोस्रो लट किट्स उपलब्ध गराइएको जानकारी दिएका छन् ।

         जापानमा रहेर पनि नेपालमा धेरै सहयोग जुटाउँदै आउनु भएका सामाजिक अभियन्ता थापाले बिगतदेखि नै नेपालका बिभिन्न ठाउँका गाउँहरुमा बिद्यालय निर्माण, बिद्यालयहरूमा शौचालय निर्माण, खानेपानी, ह्वीलचियर, एम्बुलेन्स  लगायतका सामाजिक कामहरू गर्दै आएका छन् । उनले भूकम्प पीडितलाई पनि जापानबाट ठूलो सहयोग जुटाएका थिए । हाल देशलाई कोरोनाले ग्रस्त पारेको बेला उनले एनआरएनए कृषि प्रबर्धन समितिको उपाध्यक्ष रहेर नेपालमा लकडाउनको बेलामा पनि एनआरएनएहरूको सँस्था ‘मुना कुषि’ बाट घरघर र चोक चोकहरूमा सामाजिक दूरी कायम राख्दै स्वस्थ तरकारी तथा फलफूलहरू सहज तरिकाले उपलब्ध गराउने काम गरेका थिए । चार्टड फ्लाइटबाट जापानमा फर्किएर थापाले पुग्नासाथै यो कोभिड-१९ बाट ग्रस्त आफ्नो देश नेपाललाई यस्तो प्रकारको सहयोग गर्नका लागि पहल सुरु गरेका थिए । उनको पहलमा १७ हजार पिस सहयोगको किट्स नेपाल आइसकेको छ । बाँकी ३३ हजार थान किट आउने क्रममा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार