Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु


    शुक्रबार, कार्तिक २१ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली। कैलालीमा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका- ३ का ७३ वर्षीय वडाअध्यक्ष नरेन्द्रबहादुर शाहको मृत्युु भएको हो ।

    सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

    शाहको १० दिनदेखि प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो । 

    अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठअनुसार कडा खालको निमोनिया देखिएपछि उनी १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । अस्पताल भर्नापछि पीसीआर गर्दा उनमा १७ गते कोरोना पुष्टि भएको थियो ।

    शाह गौरीगंगा नगरपालिकाका प्रवक्तासमेत रहेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार