Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कावासोती नगरपालिका एक हप्ताका लागि बन्द


    शुक्रबार, कार्तिक २१ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिकाका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि नगरपालिका बन्द गरिएको छ । नगरपालिकामा कार्यरत चार कर्मचारीमा बिहीबार कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाबाट प्रवाह गरिने सेवा एक हप्ताका लागि बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिनुभयो ।

    आगामी कात्तिक २६ गतेसम्म नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने पुरीले बताउनुभयो । नगरपालिलकामा कार्यरत कुन तहका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन । नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा प्रवाह बन्द गरिएको भए पनि नगरपालिकाका सबै वडा कार्यालयहरु भने खुला रहने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताउनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार