Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक: स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेल नियुक्त


    बिहिबार, कार्तिक २० २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा सुदर्शन पौडेललाई नियुक्त गरेकाे छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा पौडेललाई चार बर्षका लागि स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

    आफु कार्यकारी निर्देशक भएको जानकारी पाएकाे भएपनि आधिकारीक पत्र नपाएको पौडेलले जानकारी दिए । ‘नियुक्तिबारे मिडियाबाट जानकारी पाएको छु । आधिकारीक पत्र भने पाएको छैन ।’ उनले भने ।

    लोक सेवा आयोगको संयोजकत्वमा गठित समितिले स्वास्थ्य मन्त्रालयलाई डा. दामोदर बसौला र डा. कृष्णप्रसाद अधिकारी र सुर्दशन पौडेलको नाम सिफारिस गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार