काठमाडौं । आफ्नो देशमा कामदार पठाउन अनुमति दिनेगरी कतारले सीमित म्यानपावरलाई मात्रै सर्टलिस्ट गरेको छ।कतारको भिसा स्वीकृत गर्ने निकाय कतार भिसा सेन्टर (क्युभिसी) ले ती म्यानपावर कम्पनीको नाम सर्टलिस्ट गरेको भनिएको छ ।
नेपालस्थित कतारी दुतावास र नेपालस्थित कतार भिसा सेन्टर (क्युभीसी) ले पठाएको नामलाई कतार भिसा सेन्टरको मुख्यालयले स्वीकृत पठाएको भनिएको छ ।
सार्वजनिक भएको म्यानपावर कम्पनीको सूचीमा डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डीडी ह्युमन रिसोर्स म्यानेजमेन्ट राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेशनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा.लि.,धर्म ओभरसिज प्रा.लि. साउण्डलिनेस रिक्रुमेन्ट प्रा. लि., कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट प्रा.लि रहेका छन् ।